फरार अभियुक्त पक्राउ पर्न थाले

1.3K

फरार अभियुक्त पक्राउ पर्न थाले

कपिलवस्तु प्रहरीले विभिन्न अपराधिक क्रियाकलापमा संलग्नलाई धमाधम पक्राउ गर्न थालेको छ । बुधवार विभिन्न अपराधिक क्रियाकलापमा संलग्न ७४ जना फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न अपराधिक क्रियाकलापमा अदालतबाट दोषी ठहरिएकालाई पक्राउ गरिएको हो ।
कपिलवस्तु प्रहरीले लागुऔषध, जवरजस्ती करणी, चोरी, भवितव्य ज्यान, कुटपिट, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्नलाई पक्राउ गरेको हो ।
कपिलवस्तु प्रहरीको प्रमुखको रुपमा आए देखिनै प्रहरी उपरिक्षक दानबहादुर कार्कीले फरार अभियुक्त पक्राउ अभियानलाई तिब्रता दिनुभएको छ । जबर्जस्ति करणी मुद्दामा ५ वर्ष कैद फैसला भई ११ वर्षदेखि फरार रहेका कोपुवा–०५ खोटिकाका गोविन्द बहादुर मगर पक्राउ परेका छन् ।
त्यस्तै नकवजनी चोरी मुद्दाका २ जना, जवरजस्ती करणीका–२ जना, सवारी ज्यानका–६ जना, लागू औषधका–४ जना, भवितव्य ज्यानका–१ जना, जालसाजीका–१६ जना, कुटपिटका–२६ जना, सार्वजनिक अपराधका–१० जना, गालि बेइज्जतीका–४ जना, अंशवण्डा मुद्दाका–२ जना, बन पैदवार मुद्दाका –१ जना गरि ७४ जना फरार प्रतिवादीहरु पक्राउ गरि सजाय भुक्तानका लागि कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराईएको कपिलवस्तु प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
बुधवार मात्रै ७४ जना फरार प्रतिवादी पक्राउ गरिएकोमा सो बापत ९ वर्ष ६ महिना ३९ दिन कैद भुक्तान र २ लाख ५९ हजार ३ सय त्रिचालीस रुपैयाँ जरिवाना रकम असुलउपर गरिएको प्रहरीले जनाएको छ । गत मंगलबार पनि ८१ जना फरार अपराधिहरु पक्राउ गरिएको थियो ।