स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

500

स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

पाल्पामा बाबुले हानेको गोली लागेर छोराको ज्यान गएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ६ मा बुवाले श्याललाई हानेको गोली लागेर छोराको मृत्यु भएको हो ।
पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं ६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । आफ्नै बुबा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी एक सय मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जंगली स्याललाई हान्ने क्रममा छोरा धनबहादुरको टाउकोमा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
एकनाले भरुवा बन्दुक सहित कर्णबहादुरलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शुक्रवार साँझ करिव ६ वजेको समयमा घटना घटेको हो ।