केन्द्रय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव : आगामी पुसमा राष्ट्रिय सम्मेलन

476

केन्द्रय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव : आगामी पुसमा राष्ट्रिय सम्मेलन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय अधिवेशन गर्न प्रस्ताव गर्नुभएको छ । शनिबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले आगामी पुसको ११–१३ राष्ट्रिय सम्मेलनको प्रस्ताव गर्नुभएको हो ।
भदौ मसान्त भित्र पार्टी सदस्यता नविकरण तथा वितरण, असोजको १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला र कात्तिककै १५ गते प्रदेश सम्मेलन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव छ ।
बैठकमा अध्यक्ष प्रचण्डले विधान संशोधन प्रस्ताव समेत पेश गर्नुभएको छ । पार्टीको राष्ट्रिय सम्मेलन र विधान संशोधन दुवै प्रस्तावमा समुहगत छलफलको लागि ८ वटा समिति बनाईएको छ । भोली बिहानसम्म समुहगत रुपमा छलफल हुने र आएका निश्कर्षहरु बैठकमा पेश हुनेछन् ।