माधव नेपाल पक्षीय एमाले रुपन्देहीको बैठक : मातहतका कमिटिलाई निर्देशन

755

माधव नेपाल पक्षीय एमाले रुपन्देहीको बैठक : मातहतका कमिटिलाई निर्देशन

नेता माधवकुमार नेपाल पक्षीय एमाले रुपन्देहीले भदौ मसान्त भित्र पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यको लागि आवेदन लिन मातहतका कमिटिलाई निर्देशन गरेको छ ।
नेता नेपाल क्षेत्रीय एमाले रुपन्देही जिल्ला कमिटिको शनिबार बसेको पहिलो पूर्ण बैठकले जिम्मेवारी विभाजन समेत गरेको छ । बैठकले भदौ १५ भित्र जिल्लाका १६ वटै स्थानीय तहमा जनवर्गीय संगठनको कमिटि निर्माण, भदौ समान्तसम्म शाखा तहको कमिटि गठन तथा पुनःगठनको काम अगाडी बढाउने निर्णय गरिएको जिल्ला कमिटि उपसचिव शिद्धिचरण भट्टराईले बताउनु भयो ।
त्यस्तैगरी बैठकले दुई पटकसम्म प्रतिनीधि सभा विघटन, नेकपा विभाजन गर्नको साथै एमालेको आन्तरिक पार्टी एकता समेत कायम गर्न नसकेकाले पार्टी एकताको लागि नैतिकताको आधारमा राजीनामा गर्त अध्यक्ष ओलीलाई सुझाव दिईएको उहाँले बताउनु भयो ।


नेता नेपाल पक्षीय जिल्ला कमिटि रुपन्देहीको शनिबार पहिलो पूर्ण बैठक बसेको हो । नेता नेपाल पक्षीय जिल्ला कमिटि अध्यक्ष राजु गुरुङ्को अध्यक्षतामा बसेको बैठकमा पोलिटव्युरो सदस्य डा. बिजय पौडेलले अध्यक्ष ओलीकै कारण पार्टीको एकता घर्किदै गएको बताउनु भएको थियो । बैठकमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, रमा घर्ती, सल्लाहकार रामचन्द्र भट्टराई, प्रदेश कमिटिका नन्दिकेशर ढकाल, छत्रबहादुर खत्री, बालकृष्ण चापागाई लगायतका नेताहरु सहभागि थिए ।