काँग्रेसको १४ औं महाधिवेशन मंसिरमा

1.3K

काँग्रेसको १४ औं महाधिवेशन मंसिरमा

पूर्वनिर्धारित मितिमा हुन नसकेको नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ ।
काँग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो । भदौको १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि पार्टीको महाधिवेशन तीन महिना पछाडी धकेलेर मंसिरमा गर्ने निर्णय भएको हो ।
केन्द्रीय समितिको निर्णय अनुसार क्रियाशिल सदस्यहरुको अन्तिम नामाबली भदौ २ गतेभित्र बुझाउनु पर्नेछ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिईनेछ । भदौ १८ मा वडा, २७ मा गाउँ तथा नगर, असोज १ मा प्रदेश निर्वाचन क्षेत्र, असोज ५ गते संघीय निर्वाचन क्षेत्र र असोज १० गते जिल्ला अधिवेशन हुनेछ । त्यस्तै प्रदेशको अधिवेशन कात्तिकको १० देखि १२ गतेलाई तोकिएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका

भदौ २ : क्रियाशिल सदस्यको अन्तिम नामावली बुझाउने र निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने ।

भदौ १८ : वडा अधिवेशन ।

भदौ २७ : गाउँ तथा नगर अधिवेशन ।

असोज १ : प्रदेश निर्वाचन क्षेत्र अधिवेशन ।

असोज ५ : संघीय निर्वाचन क्षेत्र अधिवेशन ।

असोज १० : जिल्ला अधिवेशन ।

कात्तिक १० देखि १२ : प्रदेश अधिवेशन ।

मंसिर ९ देखि १३ : केन्द्रीय महाधिवेशन ।