मणिग्रामका पंगेनीलाई वासिङ मेसिन उपहार

1.3K

मणिग्रामका पंगेनीलाई वासिङ मेसिन उपहार

दिनेश शोप एण्ड हाउसहोल्ड ईण्डष्ट्रिजले सञ्चालन गरेको ‘वासिङ मेसिन उपहार’ कार्यक्रम अन्तरगत विजेतालाई उपहार प्रदान गरिएको छ । ‘लक्की ड्र’का आधारमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामका माधवप्रसाद पंगेनीले सामसुङ कम्पनीको वासिङ मेसिन प्राप्त गर्नुभएको छ ।
त्यस्तैगरी गगनबहादुर थापा, बिशाल न्यौपाने, गाणेशकुमार थापा, हेमा ठाडा र भुवनसिंह सोमारीले बिशेष आकर्षक उपहार प्राप्त गरेको कम्पनीका नेशनल शेल्स म्यानेजर कुमार तिमिल्सिनाले जानकारी गराउनु भयो ।
उक्त उपहार कम्पनीका बुटवल स्थित आधिकारिक बिक्रेता शिव डुम्रे कम्पनीका नेशनल सेल्स म्यानेजर तिमिल्सिना, म्यानेजर किरण अधिकारी र लुम्बिनी ईञ्चार्ज विश्वमणी भुसालको उपस्थितीमा प्रदान गरिएको हो । कम्पनीले उत्पादन गरेको ब्राण्ड दिनेश साबुन, दिनेश शक्ति पाउडर र थ्रि ईन वान डिटरर्जेन्ट पाउडरको खरिदमा उपहार कुपन उपलब्ध गराईएको थियो ।
कम्पनीका लुम्बिनी एरिया इञ्चार्ज भुसालले २०७८ सालको सुरुमै प्रदान गर्ने भनीएपनि कोरोना महामारीका कारण केही समय ढिला भएको बताउनु भयो ।