रुपन्देहीका १८ उद्योगी अदातलमा : बिद्युत प्राधिकरण बिरुद्ध मुद्धा दायर

1.3K

रुपन्देहीका १८ उद्योगी अदातलमा : बिद्युत प्राधिकरण बिरुद्ध मुद्धा दायर

रुपन्देहीको बुटवल–भैरहवा कोरिडोरका १८ उद्योगीले बिद्युत प्राधिकरण बिरुद्ध मुद्धा दर्ता गरेका छन् । कोरिडोरका १८ उद्योगका सञ्चालकले नेपाल प्राधिकरण र प्राधिकरणको ग्राहक सेवा निर्देशनालयलाई विपक्ष बनाएर मुद्धा दायर गरेका हुन् । चार वर्ष अगाडि उद्योगमा जडान गरिएको ट्रंक लाइनको विषयलाई लिएर प्राधिकरण र करिडोरका २३ उद्योगीबीच दुई वर्षदेखि विवाद चल्दै आएको छ ।
आफूहरुले बिद्युतको टं«कलाई पनि माग नगरेको र उपयोग पनि नगरेको भन्दै टं«कलाईनको नामा बिल आएको र शुल्क बुझाउन प्राधिकरणले ताकेता गरेकोले ट्रंकलाईन महशुल तिर्न नपर्ने दावी उनीहरुको दावी छ ।
आफूहरुको माग र बिना जानकारी महंगो शुल्क लाग्नेगरी टं«कलाईनको बिजुली दिएको र त्यसको महशुल तिर्नु नपर्ने भन्दै मुद्धा दिएका हुन् ।
उनीहरुको दिएको मुद्धाको आधारमा विपक्षीलाई पत्र काटेर जवाफ माग्ने अदालतको तयारी छ ।
पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज प्रालि., पञ्चकन्या स्टिल प्रालि., सोना प्याकेजिङ, एस.आर.स्टिल प्रालि., नव नेपाल प्लाष्टिक इण्डष्ट्रिज, शुभलक्ष्मी पोलिमर्स इण्डष्ट्रिज, नेशनल ट्रेड रबर इण्डष्ट्रिज, सोना पोलिमर्स इण्डष्ट्रिज, यशोधा फुड प्रालि., एभरेष्ट रोलिङ इण्डष्ट्रिज प्रालि., लुम्बिनी फ्लोर मिल, लुम्बिनी पि.ए.सी.इण्डष्ट्रिज प्रालि., गोएनका फुडस प्रालि., घराना फुडस प्रालि., श्याम प्लाष्टिक उद्योग प्रालि., भलवारी सवचलित चामल कारखाना, एस.आर. फुडस लि. र सिद्धार्थ पेट प्लाष्ट उद्योगका सञ्चालक अदालत गएका हुन् ।
अदालत गएको १८ उद्योगी मध्ये १४ उद्योगीले नेपाल बिद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र, नेपाल बिद्युत प्राधिकरण केन्द्रीय कार्यालय र वितरण तथा ग्राहक सेवा निर्देशनालयलाई विपक्षी बनाएका छन् । तीनवटा उद्योगीले नयाँमिल वितरण केन्द्र र एउटा उद्योगीले बुटवल वितरण केन्द्रलाई विपक्षी बनाएर छुट्टा छुट्टै मुद्धा दर्ता गरेका हुन् ।
२०७४ देखि २०७६ सालसम्म बुटवल– भैरहवा करिडोरका २३ उद्योगमा जोडिएको ट्रंकलाइन बापत २० करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । तर उक्त बक्यौतामा व्याज र जरिवानासहित ४५ करोड रुपैयाँ पुगेको विद्युत् प्राधिकरणको भनाइ छ । २०७७ असारबाट भने ट्रंक लाइन सरकारले नै हटाई सकेको छ । ट्रंकलाइन अन्तर्गत चौबीसै घण्टा विद्युत आपूर्ति हुनुपर्छ तर ८ देखि १२ घण्टासम्म लोडसेडिङको मार खेपेको उद्योगीहरु बताउँछन् ।