सांसद वली र शाहीलाई पदमुक्त गर्न एमालेको पत्र

1.3K

सांसद वली र शाहीलाई पदमुक्त गर्न एमालेको पत्र

लुम्बिनी प्रदेश सभाका सदस्यहरु अजय शाही र बिमला वलीलाई कारवाही गर्न एमालेले सभामुखलाई पत्र बुझाएको छ । सुर्य चिन्ह लिएर निर्वाचित स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित शाही र नेकपाबाट निर्वाचित सांसद वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले मंगलबार सभामुखलाई पत्र बुझाएको हो ।
२०७४ सालको निर्वाचनमा नवलपरासीको क्षेत्र नं. १ (ख)बाट सुर्य चिन्ह लिएर प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । त्यस्तै वली तत्कालिन नेकपाबाट २०७६ को उपनिर्वाचनमा दाङ क्षेत्र नं. १ (ख)बाट निर्वाचित हुनु भएको थियो । दुबै जना गठबन्धनको सरकारलाई समर्थन गरि सरकारमा गएको भन्दै एमालेले कारवाही गरेको हो ।
यद्यपी सर्बोच्चबाट पार्टी विभाजन भएपछि आफूले माओवादी रोजेको सांसद वलीले बताउनु भएको छ भने स्वतन्त्र राजनीतिक समुहबाट आफू निर्वाचित भएकाले आफू स्तन्त्र सांसद भएको बताउनु भएको छ ।