जसपा लुम्बिनी : कल्पनाको कारवाहीपछि प्रदेश सभा सदस्यमा निर्मलालाई सिफारिस

1.3K

जसपा लुम्बिनी : कल्पनाको कारवाहीपछि प्रदेश सभा सदस्यमा निर्मलालाई सिफारिस

लुम्बिनी प्रदेश सभाकी सांसद कल्पना पाण्डेलाई कारवाही पछि जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । पाण्डेलाई कारवाही गरेपछि खाली रहेको सांसद पदमा जसपाले समानुपातिक सुचिबाट रुपन्देहीकी निर्मला मुड्वरी भट्टराईलाई पठाएको हो । जसपाको कार्यकारिणी बैठकले मुडवरीलाई सांसद नियुक्तिको लागि नाम पठाउने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सभामा ६ सांसद मध्ये पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारवाही गरेको थियो । उनीहरुमध्ये सन्तोष र विजयबहादुर प्रत्यक्ष निर्वाचित हुन् भने कल्पना समानुपातिक सांसद हुन् ।