लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन : विपक्षी एमालेको अवरोधका कारण स्थगित

1.3K

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन : विपक्षी एमालेको अवरोधका कारण स्थगित

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक विपक्षी दल एमालेको अवरोधका कारण भोली बुधबार १ बजे बस्नेगरी स्थगित गरिएको छ । एमालेले कारवाहीको लागि सिफारिस गरेको २ सांसदलाई सभामुखले कारवाही प्रकृया अगाडि नबढाएको भन्दै अवरोध गरेको हो ।
बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्ना दुई सांसदलाई सभामुखले कारवाही प्रकृया अगागि नबढाएसम्म चल्न नदिने जानकारी गराउनु भएको थियो । उद्यपी सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउनु भएको थियो भने नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नियुक्त मन्त्रीहरुको नाम पढेर सुनाउनु भएको थियो ।
निर्धारित समयभन्दा करिव २ घण्टा ढिला गरी सुरु भएको बैठक कायृसूचीमा प्रवेश नै नगरि स्थगित भएको हो । एमालेले प्रदेश सभा सदस्यहरु विमला खत्री वली र अजय शाहीलाई प्रदेश सभामा कारवाहीको सिफारिस गरेको थियो ।
स्वतन्त्र राजनीतिक समुहका शाही २०७४ को निर्वाचनमा सुर्यचिन्ह लिएर नवलपरासीको क्षेत्र नं. १ (ख) बाट निर्वाचित हुनु भएको थियो भने सांसद वली एमाले सांसद उत्तरकुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालिन नेकपाको तर्फबाट दाङ्को क्षेत्र नं. ३ (ख)बाट निर्वाचित हुनु भएको थियो । सर्बोच्चले एमाले र माओवादी केन्द्रको अस्तित्व व्यूत्याईदिएपछि सांसद वलीले माओवादी केन्द्र रोज्नु भएको थियो । सांसदहरु वली र शाही दुबै जना आफ्ना सांसद भएको भन्दै एमालेले मंगलबार मात्रै कारवाही सिफारिस गरेको थियो ।