अध्यादेशको सत्तारुढ दल काँग्रेसभित्रै बिरोध

675

अध्यादेशको सत्तारुढ दल काँग्रेसभित्रै बिरोध

सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको सत्तारुढ दल नेपाली काँग्रेसभित्रै बिरोध भएको छ । हिजो एमाले अध्यक्ष केपि ओली प्रधानमन्त्री हुँदा उनले ल्याएको अध्यादेशको बिरोध गरेको र हिजो बिरोध गरेको काँग्रेस नेतृत्वको सरकारले ओली शैलीमा नै अध्यादेश ल्याएको भन्दै पार्टी भित्रै बिरोध भएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएको हुन सक्ने बताउँदै तर अध्यादेशबाट राजकाज चलाउने सोंचको समर्थन गर्न नसकिने बताउनु भएको छ ।
त्यस्तै अर्का केन्द्रीय सदस्य प्रतिप पौडेलले हिजो अध्यादेश ल्याउँदा प्रमुख प्रतिपक्षको हैसियतमा आफैहरुले बिरोध गरेको र आज अध्यादेश ल्याउँदा समर्थन गर्न नैतिकताले नदिने उल्लेख गर्नुभएको छ ।