आन्तरिक द्वन्द्वमा थल्लीएको एमाले फुट्यो : ‘नेकपा एमाले समाजवादी’ दल दर्ता

459

आन्तरिक द्वन्द्वमा थल्लीएको एमाले फुट्यो : ‘नेकपा एमाले समाजवादी’ दल दर्ता

लामो समयदेखि आन्तरिक द्वन्द्वमा रहेको नेकपा एमाले अन्ततः विभाजित भएको छ । सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि एमाले औपचारिक रुपमा विभाजित भएको हो ।
सरकारले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत पु¥याए दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएपछि एमालेमा असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ‘नेकपा एमाले समाजवादी’ दल निर्माण गरेको हो । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नया दल गठन गर्ने निर्णयसंगै दल दर्ताको लागि निर्वाचन आयोगको कार्यालय पुग्नु भएको छ ।
नेकपा एमालेको संयोजकमा नेपाल सहित केन्द्रीय कमिटि ९५ सदस्य हुने र चुनाव चिन्ह खुला किताव प्रस्ताव गरिएको छ । नेता नेपालको यो निर्णयसंगै लामो समयदेखि साथ दिँदै आएका दोस्रो तहका नेताहरुले भने साथ छाडेका छन् । नेता नेपालको संयोजकत्वमा गठित नयाँ दलमा नेता नेपाललाई उपाध्यक्षहरु युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले साथ छोडेका हुन् ।