वागमति प्रदेशकाे मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

375

वागमति प्रदेशकाे मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

वागमति प्रदेशकाे मुख्यमन्त्रीमा एमाले सांसद अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएकाे छ । एमालेमा असन्तुष्ट माधवकुमार नेपाल पक्षमा रहेकी सांसद शाक्य पार्टी विभाजनमा कित्ता परिवर्तन गरि अध्यक्ष केपि ओलीलाई साथ दिएपछि एमालेले मुख्यमन्त्री उपहार दिएकाे हाे ।

सांसद शाक्यलाई बुधबार नै एमालेले संसदीय दलकाे नेता चयन गरेकाे थियाे । लगत्तै डाेरमणी पाैडेलले मुख्यमन्त्री पदबाट राजीनामा गरि सांसद शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएकाे हाे । शाक्य पहिलाे महिला मुख्यमन्त्री हुनुभएकाे छ ।

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा पौडेललाई बहुमत छ । बागमतीमा ओलीपक्षका ३५ र नेपाल पक्षका २१ सांसद छन् ।

नेपाल पक्षको बलियो शक्ति सरकारबाट बाहिरिँदा पौडेलको सत्ता टिक्न सक्ने अवस्था पनि रहँदैनथ्याे । प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।