नेता नेपाललाई छाडेका एमाले नेताहरुकाे अध्यक्ष ओलीलाई दुई दिने अल्टिमेटम

384

नेता नेपाललाई छाडेका एमाले नेताहरुकाे अध्यक्ष ओलीलाई दुई दिने अल्टिमेटम
आन्तरिक संघर्षमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका एमाले नेताहरुले अध्यक्ष केपि ओलीलाई दुई दिने अल्टिमेटम दिंदै १० बुदे सहमति कार्यान्वयन नभए ठूलाे विद्राेह गर्ने चेतावनी दिएका छन् ।
पार्टी एकताकाे लागि अध्यक्ष ओली र दवाव दिदै जारी गरिएकाे वक्तव्यमा १० बुदे सहमति कार्यान्वयन गर्न र नेता नेपाललाई पनि पार्टी दर्ताकाे काम अगाडि नबढाउन आग्रह गरिएकाे छ ।
अध्यक्ष ओली र नेता नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए । छलफलमा ५७ जना सहभागी भएकाेे बताईएकाे छ ।