कौटिल्य कृषि सहकारी स्थापना दिवसमा सरसफाईकर्मीलाई सम्मान

600

कौटिल्य कृषि सहकारी स्थापना दिवसमा सरसफाईकर्मीलाई सम्मान

बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको कौटिल्य कृषि सहकारी संस्थाले सरसफाईकर्मीलाई सम्मान गरेको छ । सहकारी संस्थाको छैठौं स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा सहकारीको कार्यालय रहेको क्षेत्र कालिकानगरमा सरसफाईमा खटिने छविलाल दमै, तिलबहादुर आले र मनोज सुनारलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको हो ।
उनीहरुलाई सम्मान गर्दै पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खगप्रसाद पुनले काम आफैमा सानो–ठूलो नहुने बताउनु भयो । उहाँले सरसफाईकर्मीलाई गरिएको सम्मानले उनीहरुमा थप प्रेरणा मिल्ने बताउँदै सम्मान गरेकामा संस्थालाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस अवसरमा सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज ज्ञवालीले सरसफाईकर्मीका कारण टोल, समाज सफा र स्वच्छ भएको बताउँदै उनीहरुलाई आफ्नो काम प्रति अझै बढी जिम्मेवार बनाउन प्रेरित गर्नको लागि सम्मान गरिएको बताउनु भयो । कार्यक्रममा बुटवल ११ कालिकानगर लालीगुराश टोल बिकास संस्थाकी अध्यक्ष बिन्दु पुन, सहकारी संस्थाका उपाध्यक्ष अर्जुन भट्टराई, सचिव वेगप्रसाद पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सहकारी स्थापना दिवसकै अवसरमा शनिबार नै मास्क नलगाई सडकमा हिड्नेहरुलाई मास्क वितरण गर्नुको साथै उनीहरुलाई मास्क लगाउन अभिप्रेरित गरिएको थियो ।