रुपन्देही उद्योग संघको अधिवेशन असोजमा

1.3K

रुपन्देही उद्योग संघको अधिवेशन असोजमा

रुपन्देही उद्योग संघले साधारण सभा तथा अधिवेशनको मिती तय गरेको छ । संघको भैरहवामा बसेको नियमित बैठकले संघको ४३ औं साधारण सभा तथा २२ औं अधिवेशन आगामी असोजको २३ गते गर्ने निर्णय गरेको हो ।
अधिवेशनको लागि संघका कानुनी सल्लाहकार यमलाल खनाल संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको महासचिव जीवकान्त काफ्लेले जानकारी गराउनु भयो । निर्वाचन समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष वा प्रतिनीधि र नेपाल बार एशोसियशन बुटवलका प्रतिनीधि चयन गरिएको छ ।
संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा भएको बैठकले सदस्यता नविकरणको लागि यहि भदौ २० गतेसम्म समय निर्धारण गर्दै सदस्यता नविकरणको लागि समेत आग्रह गरिएको छ । यसैबिच संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र सिमा सूरक्षा कार्यालय रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीलाई स्वागत गरेको छ ।