लुम्बिनी प्रदेश सभाकाे बैठकमा एमालेले अवराेध गरेकाे छ । प्रदेश सभाकाे नवाैं अधिवेशन अन्तरगत साेमबार बसेकाे तेस्राे बैठकमा एमालेले अवराेध गरेकाे छ ।
सांसदहरु अजय शाही र विमला वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले नवाैं अधिवेशनकाे बैठक अवराेध गर्दै आएकाे छ ।
तत्कालिन नेकपाबाट निर्वाचित वली र स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित शाहीलाई पदमुक्त गर्न माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएकाे हाे । उनीहरुकाे कारवाही सत्ताकाे अंकगणितसंग अर्थपूर्ण छ ।