लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासकाे मत लिदै हुनुन्छ । साेमबार बसेकाे प्रदेश सभाकाे पहिलाे बैठकमा विश्वासकाे मत लिने तयारी भएपनि प्रमुख प्रतिपक्ष एमालेकाे अवराेधका कारण छलफलकाे लागि समय दिएर आजै अर्काे बैठक आह्वान गरिएकाे छ ।
विमला वली र अजय शाही आफ्नाे पार्टीका सांसद रहेकाे र उनीहरुलाई कारवाहीकाे माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ । यद्यपि दाेस्राे बैठकपनि अवराेध गर्ने एमालेकाे संकेत छ ।
यदि एमालेले सदन अवराेध गरे मार्सल लगाएर भएपनि विश्वासकाे मत लिने सरकारकाे तयारी छ । अहिले दाेस्राे बैठक सुरु भएकाे छ । सदनमा मुख्यमन्त्री केसीले आफुलाई विश्वासकाे मत दिन सबै सांसदलाई आग्रह गर्नुभएकाे छ । बैठकमा विपक्षी दल एमालेका सांसदहरु भने छैनन् ।