ईन्धनकाे मूल्य बढ्याे

525

ईन्धनकाे मूल्य बढ्याे

नेपाल आयल निगमले इन्धनकाे मूल्य बढाएकाे छ । निगमले साेमबार (आज) राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्राेल, मट्टितेल सहित खाना बनाउने एलपि ग्याँसकाे मूल्य बढाएकाे हाे ।

निगमले डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँ बढाएकाे छ भने खाना बनाउने एलपि ग्याँसमा २५ रुपैंया बढाएकाे छ । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेलकाे प्रतिलिटर ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय गरिएकाे छ। त्यस्तै खाना बनाउने एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।