नेकपा एकीकृत समाजवादी दर्ताका लागि ३० सांसद र ५५ केन्द्रीय सदस्यले गरे हस्ताक्षर

1.3K

नेकपा एकीकृत समाजवादी दर्ताका लागि ३० सांसद र ५५ केन्द्रीय सदस्यले गरे हस्ताक्षर

 

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा (एकीकृत समाजवादीका) ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । पछि थपिएका ४ सांसदबारे कुरा नमिलेपछि प्रमुख निर्वाचन आयुक्त, आयुक्त र अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीबीच छलफल जारी रहेको छ ।
एकिकृत समाजवादीले ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित हुने दाबी गरेको थियो।

एमालेबाट फुटेर नयाँ दल बनाएका उनीहरुलाई आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको थियो