प्रदेश नं. १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त

1.3K

प्रदेश नं. १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त

पार्टीको फूटपछि माधवकुमार नेपाललाई छाडेका एमाले सचिव भिम आचार्य प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । पार्टीको अन्तरसंघर्षमा नेता नेपाललाई साथ दिएका आचार्यले अर्को पार्टी गठन गरेपछि नेता नेपालको साथ छोड्नु भएको थियो ।
मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसंगै नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भिम आचार्य नियुक्त हुनु भएको हो । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमालेले प्रदेश संसदीय दलको नेता परिर्वतन गरेको थियो । एमालेले राईलाई संसदीय दलको नेताबाट राजीनामा गराएर आचार्यलाई बनाएको थियो ।
हालसम्म प्रदेश सभामा एमालेको एकल बहुमत रहेकोले दलको नेता चयन भएसंगै मुख्यमन्त्री बन्ने बाटो सहज भएको हो । ९३ सांसद रहेको प्रदेश नं. १ मा एमालेका ५२ सांसद छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ को उपधारा १ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री आचार्यले बिहिबार नै पद तथा गोपनीयताको सपथ लिईसक्नु भएको छ ।
एमालेको विभाजनसंगै अव भने मुख्यमन्त्री आचार्यलाई गाह्रो छ । माधव नेपालको अध्यक्षतामा गठित नपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएसंगै प्रदेश सभा सदस्यलाई दल रोज्न २१ दिनको समय दिएको छ । ५२ मध्ये आफ्नो पक्षमा १८ बढी सांसद रहेको माधव नेपाल पक्षको दावी छ । यदि त्यसो भयो भने आचार्य नेतृत्वको प्रदेश सरकार टिक्न गाह्रो हुनेछ ।