एमाले केन्द्रीय समितिको निर्णय : सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने

1.3K

एमाले केन्द्रीय समितिको निर्णय : सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने

नेकपा एमालेले प्रतिनीधि सभाका सभामुख र निर्वाचन आयोग बिरुद्ध अदालत जाने निर्णय गरेको छ । माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी दर्ता गर्दा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको र पार्टीले कारवाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै कानुनी उपचारमा जाने निर्णय गरेको हो ।
बिहिबार बसेको एमालेको केन्द्रीय कमिटि बैठकले निर्वाचन आयोगले पार्टीले कारवाही गरेर सूचना दिईसकेका व्यक्ति, अनुपस्थित र हस्ताक्षर नगरेका व्यक्तिलाई समेत सनाखत गराएको भन्दै अदातल जाने निर्णय गरेको हो । त्यस्तै बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।