नेकपा (एकिकृत समाजवादी) सरकारमा सहभागि हुने

642

नेकपा (एकिकृत समाजवादी) सरकारमा सहभागि हुने

नेकपा एकिकृत समाजवादी पार्टी सरकारमा सहभागि हुने भएको छ । आईतबार बसेको पार्टीको स्थायी कमिटि बैठकले सरकारमा सहभागि हुने निर्णय गरेको हो ।
तर सत्ता साझेदार दलहरु बिच मन्त्रालय टुङ्गीएपछि मन्त्री चयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेबाट अलग भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले बैधानिकता पाएपछि मन्त्रीपरिषद विस्तारको तयारी गर्नुभएको छ ।
सरकारमा सहभागि हुने दलहरुको मन्त्रालय लगभग टुङ्गीएपनि कुन कुन मन्त्रालय कसलाई दिने भन्ने अझै टुंगो लागेको छैन । नेकपा एकिकृत समाजवादी पार्टीले ५ मन्त्रालय लिने भद्र सहमति भएको एक नेताले बताए ।