नेपाली सेनाको प्रधानसेनापतीमा प्रभुराम शर्मा नियुक्त

1.3K

नेपाली सेनाको प्रधानसेनापतीमा प्रभुराम शर्मा नियुक्त

नेपाली सेनाको प्रधानसेतापतीमा प्रभुराम शर्मा नियुक्त हुनु भएको छ । नेपालको संविधानको धारा २७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।
मन्त्रीपरिषदको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिनुभएको थियो ।