प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिचको भेटवार्तामा मन्त्रीपरिषद बिस्तारको विषयमा छलफल भएको हो ।
नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्री भएको लामो समय हुँदा पनि सरकार पूर्णता नभएको भन्दै आलोचना भईरहेको छ । सरकार निर्माणमा सहयोग गरेका माधव नेपालले अर्को पार्टी बनाएर उक्त पार्टीले बैधता पाएपछि अव प्रधानन्त्री देउवा मन्त्रीपरिषद बिस्तार गर्ने मनस्थितीमा हुनुहुन्छ ।
एमालेबाट फुटेर बनेको माधवकुमार नेतृत्वका नेकपा (एकिकृत समाजवादी) पार्टीले सरमारमा सहभागि हुने निर्णय गरिसकेको छ । नेकपा (एकिकृत समाजवादी)ले सरकारमा जाने निर्णय लिएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच भेटवार्ता भएको हो ।