अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतीनगरमा पहिरोले दर्जन घरमा क्षति पु¥याएको छ ।
आइतबार बिहान करिव ६ बजे चुरेबाट खसेको पहिरोले खिमम क्षेत्रीलगायत एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ । स्थानीयका अनुसार तीन घरमा पहिरो पसेको छ । पहिरो आएको चाडै थाहा पाएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन्। यहि भदौं १० गते उक्त वस्तीमाथिको चुरेमा पहिरो गएपछि स्थानीयहरू सावधानी अपनाउँदै आएका थिए । पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन्। पहिरोले बुटवलको गोलपार्कदेखी लक्ष्मीनगर जाने रिङरोडमा ठूलो क्षति पुगेको छ ।
बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् । पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।