नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल, राष्ट्रिय सभामा भुसाल चयन

1.3K

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल, राष्ट्रिय सभामा भुसाल चयन

नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका हुनुभएको छ ।
आज बसेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा चयन गरेको हो ।

त्यसैगरी आज बसेको बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी अन्य पदाधिकारीहरु भने पछि चयन गरिने बताइएको छ । बैठकले संसदीय दलको विधान मस्यौदा समिति समेत बनाएको छ । उक्त समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरुदेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका छन् ।