लुम्बिनी प्रदेश सरकारले प्रदेश याेजना आयाेगकाे उपाध्यक्षमा बामदेव क्षेत्रीलाई नियुक्त गरेकाे छ । मन्त्री परिषदकाे आईतबार बसेकाे बैठकले माओवादी केन्द्रका नेता क्षेत्रीलाई याेजना आयाेगकाे उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
त्यस्तै आयोगको सदस्यमा शिवपुजन यादव र डा. दामोदर भुसाललाई नियुक्त गरिएको छ । यादव कपिलवस्तुका हुन् भने भुसाल गुल्मीका हुन् । पाँच सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गरिने सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिनुभयाे।