ई–क्यानद्वारा मानव सेवा आश्रममा एकछाक खाना

300

ई–क्यानद्वारा मानव सेवा आश्रममा एकछाक खाना

नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीले मावन सेवा आश्रम बुटवलमा आश्रीतलाई खाना खुवाएको छ । संस्थाको २५ औं वार्षिकोत्सवको अवसरमा ई–क्यान रुपन्देहीले मानव सेवा आश्रम बुटवलमा आश्रीतलाई एकछाकको खाना खुवाएको हो ।
वैदेशिक शिक्षा (एभरड स्टड)मा बिदेश जान चाहने बिद्यार्थीलाई परामर्श गर्दै आएका शैक्षिक परामर्श व्यबसायीहरुको संस्था ई–क्यानले सामाजिक उत्तरदायित्व बहन गर्दैै प्रत्येक वर्ष अनाथ तथा असक्तहरुको सेवाका काम गर्ने संस्थालाई सहयोग गर्दै आएको थियो ।
कोरोना महामारीका कारण वैदेशिक शिक्षामा पारेको प्रभावले शैक्षिक परामर्श व्यबसायीहरु मारमा परेको र यस्तो विषम परिस्थितीका बिच पनि मानवीय कार्यमा सहयोग गरिएको संस्थाका अध्यक्ष देवबहादुर कुवँरले बताउनु भयो ।
त्यस अवसरमा आश्रमकी सरु अधिकारीले आश्रमका बारेमा जानकारी गराउँदै सहयोग गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष मोहन घिमिरे, सल्लाहकार गोबिन्द अधिकारी, सचिव गरिराज पाण्डे लगायतले आगामी दिनमा पनि आवश्यक गरेको ठाउँमा सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।