अमेरिकाले पूर्णरुपमा अफ्गानिस्तान छोड्यो

437

अमेरिकाले पूर्णरुपमा अफ्गानिस्तान छोड्यो

अमेरिकाले २० वर्षपछि अफ्गानिस्तान पूर्ण रुपमा छाडेको छ । तालिवानले विदेशी सेना फिर्ताको लागि समयसिमा तोकेकै दिन अमेरिका पूर्ण रुपमा फिर्ता भएको हो ।
तालिवानले ३१ अगष्टलाई विदेशी सेना फिर्ताको लागि समय सिमा तोकेको थियो । अमेरिकाको अन्तिम उद्धार उडान अन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानले मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरिकी फौज फिर्ता हुन थालेदेखि नै तालिबान समूहले अफगानिस्तान कब्जा अभियानलाई तीव्र पारेको थियो । तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका थिए ।
त्यसलगत्तै सुरु भएको उद्धार उडानबाट अमेरिकाले १ लाख २३ हजार अफगान नागरिकलाई उद्धार गरेको जनाएको छ । अब काबुल विमानस्थल तालिवानले आफ्नो नियन्त्रणमा लिने छ ।