बागमती प्रदेशमा एमालेका १२ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन् । बागमतीका प्रदेश सभा सदस्यहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल, कृष्ण खनालले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका हुन् ।
१०९ सदस्य रहेको बागमती प्रदेशमा एमालेका ५६ सांसद थिए । १२ सांसदले अर्को पार्टी रोजेपछि अव एमालेका ४४ सांसद छन् । यो संगै हालै मुख्यमन्त्रीमा नियुक्त अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । एकल बहुमतको आधारमा बनेका मुख्यमन्त्री डोरमणी पौडेललाई राजीनामा गराएर एमालेले भदौ २ गते शाक्यलाई मुख्यमन्त्री बनाएको थियो । त्यसैदिन एमाले फूटेर माधव नेपालको नेतृत्वमा अर्को दल गठन भएको थियो ।