नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार यहि भदौ १८ गते वडा अधिवेशन हुँदैछ । तर विवाद नटुङ्गीएका जिल्लामा भने कार्यतालिका अनुसार वडा अधिवेशन नहुने निश्चित भएको छ ।
शिर्ष नेता बिचमा देशभर एकसाथ १८ गते वडा अधिवेशन गर्ने समझदारी भएको थियो । क्रियाशिल बिवाद नटुङ्गीएका कारण एक दर्जन बढी जिल्लाको वडा अधिवेशन रोकिएको हो । वडा अधिवेशनको मिति आउन २ दिन मात्रै बाँकी रहँदा नेपाली काँग्रेसले ५६ जिल्लाको मात्रै क्रियाशिल सदस्यता सार्वजनिक गरेको छ ।
अधिवेशन हुन नसक्ने जिल्लामा निर्वाचन अधिकृतलाई नै अधिवेशनको मिति तोक्ने अधिकारी दिईएको छ । देशभर ६ हजार ७ सय ४३ वडा छन् । निर्वाचन हुन सकेका वडामा हुन्छन्, हुन नसकेका वडामा पालिका अधिवेशन अगाडीको समयमा निर्वाचन अधिकृतले मिति तोकेर गर्ने छन् । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका अनुसार पालिकाको निर्वाचन यहि भदौको २७ गतेलाई तोकिएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म काठमाण्डौमा तोकिएको छ ।