नेपाली काँग्रेसकाे १४ औं महाधिवेेशन अन्तरगत शुक्रबार भएकाे वडा अधिवेशनमा रुपन्देहीकाे कञ्चन गाउपालिकाका सबै वडामा निर्बिराेध भएकाे छ ।
पाचवटा वडा रहेकाे कञ्चनकाे वडा नं. १ काे वडा सभापतिमा रविलाल गाैचन, २ काे सभापतिमा उमानन्द (नारायण) न्याैपाने, ३ काे सभापतिमा थमन थापा, ४ काे सभापतिमा ग्यामबहादुर थापा र वडा नं. ५ काे सभापतिमा गणेश पाैडेल सहित सबै पदाधिकारी तथा क्षत्रीय प्रतिनिधि सर्वसम्मत निर्वाचित भएकाे वडा नं. १ बाट क्षत्रीय प्रतिनिधिमा निर्वाचित विश्वबन्दु विनयीले जानकारी गराउनु भयाे ।