कांग्रेस बुटवल–१२ को सभापतीमा धर्मराज शर्मा बिजयी

425

कांग्रेस बुटवल–१२ को सभापतीमा धर्मराज शर्मा बिजयी

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुटवल उपमहानगरपालिका १२ को सभापतिमा धर्मराज शर्मा आचार्य बिजयी भएका छन् । उनले २०५ मत ल्याए । निकटतम प्रतिस्पर्धी तीर्थ काफ्लेले १५९ मत प्राप्त गरेका छन् ।


सो वडामा विवादका कारण हिजो अधिबेशन टुंगिन सकेको थिएन । शनिबार सभापतिका लागि मात्रै मतदान भएको हो । ४०७ कूल मतदाता (क्रियाशील सदस्य) मध्ये ३६४ मत खसेको निर्वाचन अधिकृत टिकाराम पौडेलले जानकारी दिनुभयो । वडामा २०१ जना पुराना र २०६ जना गरी जम्मा क्रियाशील सदस्य संख्या ४०७ रहेको छ ।सभापतिबाहेकका अन्य पदाधिकारी र क्षेत्रीय प्रतिनिधि १५ जना भने यसअघि नै निर्विरोध चयन भैसकेको छ