पौडेल र रायमाझीद्वारा पहिरोका कारण ध्वस्त बनेको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकन

1.3K

पौडेल र रायमाझीद्वारा पहिरोका कारण ध्वस्त बनेको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकन


नेकपा एमालेका नेता विष्णु पौडेल र टोपबहादुर रायमाझीले केही दिन अघि गएको पहिरोले क्षती पुर्याएको चुरे क्षेत्र र बाढीले क्षती पु्र्याएको बुद्धनगर क्षेत्रको अवलोकन गर्नु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकमा सहभागी हुन सोमबार बिहान बुटवल आएका नेताद्वयले दिउसो ज्योतिनगर पहिरोको अवलोकन गर्नु भएको हो ।

भदौ १३ र १४ गतेको अबिरल बर्षाका कारण बुटवलको ज्योतीनगर क्षेत्रमा पहिरो गई बस्तीमा क्षति पु¥याएपछि नेताद्वय पौडेल र रायमाझी यस क्षेत्रको अवलोकनका लागि आउनु भएको हो । २३ बर्ष पछि फेरी दोहोरीएर आएको पहिरोले बुटवलका वडा नं ३ र ४ अन्तरगत ज्योतिनगर क्षेत्रमा रहेका १० घरमा क्षति पु¥यायो भने ६० भन्दा बढी घरमा लेदो पसेको थियो ।

२०५५ सालमा पहिरो गएपछि जापान सहयोग नियोग (जाइका) ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रबाट बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो । यो अवधिमा पहिरो नियन्त्रणका लागि भन्दै राष्ट्रपति चुरे संरक्षण समितिको नाममा करोडौं लगानी भएको बताईएपनी सो लगानी सबै खेर गएको छ । बुटवल उपमहानगरपालिकाले गोलपार्क ज्योतिनगर लक्ष्मीनगर जोड्न सडक निर्माणका लागि चुरेमाथि डोजर लगाएपछि पहिरोले झनै जोखिम बढाएको बिज्ञहरुले बताउदै आएका छन्।

अहिले झरेको पहिरोले उक्त सडक पनि बगाएको छ । तर त्यस बेला मुआव्जा लिएर बुटवलको तामनगरमा पुर्नस्थापित गरिएका ५७ घर समेत सोही ठाउमा बस्दै आएका थिए । पहिरोको निरीक्षण गर्दै नेता पौडेलले चुरे पहिरो नियन्त्रण र संरक्षणका लागि सरकारलाई गम्भिर भएर लाग्न आग्रह गर्नु भयोे । उहाँले चुरे पहिरो नियन्त्रणका साथै बस्ती सुरक्षाका लागि सरकार गम्भिर भएर लाग्नुपर्ने बताउनु भयो ।