नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन : पाल्पा रिब्दीकाेटका सबै वडामा सर्वसम्मत

1.3K

नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन : पाल्पा रिब्दीकाेटका सबै वडामा सर्वसम्मत

नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत पाल्पाकाे रिब्दीकाेट गाउँपालिकाका सबै वडामा निर्बिराेध भएकाे छ । साेमबार सम्पन्न वडा अधिवेशनले गाउँपालिकाका ८ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व सहित क्षत्रीय प्रतिनिधि चयन गरिएकाे हाे ।
पाल्पामा नेपाली कांग्रेसले साेमबार वडा अधिवेशन गरेकाे हाे । अधिवेशनले वडा सभापतिहरुमा वडा नं. १ ख्याहामा पदम न्याैपाने, वडा नं. २ देउरालीमा ओमप्रसाद पाेखरेल, वडा नं. ३ खस्याैलीमा गाेबिन्दबहादुर आचार्य, वडा नं. ४ भैरवस्थानमा कमलराज पाैडेल, वडा नं. ५ कुसुमखाेलामा हिराधर आचार्य, वडा नं. ६ ठिमुरेमा भरत जिसी, वडा नं. ७ पालुङमैनादीमा कृष्ण कुवर,
वडा नं. ८ फेकमा भिमबहादर ज्ञवाली सहित पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरिएकाे हाे ।