बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तार आयोजना सुरु भएको करिव ५ वर्ष वित्यो । ६ लेनमा स्तरोन्नती गर्नेगरी सुरु गरिएको बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडक विस्तार आयोजना आगामी असार मसान्तसम्म पुरा हुनु पर्ने हो । तर समयमा काम हुन नसक्दा यो सडकमा हिडिसक्नु छैन । संघीय सरकारको दायित्वमा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्गमा पर्ने बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सडक खण्डमा वर्षा हुँदा हिलाम्य र घामलाग्दा धुलाम्य हुन्छ ।
५ वर्ष अगाडी ठेक्का लागेको यो सडक निर्माण पुरा हुने समय अब धेरै छैन । यो सडकको निर्माण अन्तरगत नाली खन्ने काम मात्रै सुरु भएको छ । निर्माण सम्झौता अनुसार यो सडक आगामी असार मसान्त भित्रमा सम्पन्न गर्नुपर्ने हो । तर निर्धारित मितिमा निर्माण पुरा नहुने निश्चित जस्तै छ ।
यो सडकको ५ वर्ष अगाडि ठेक्का लागेको थियो । तत्पश्चात, यहाँका स्थानीय जनताबाट सडकमा परेको घर भत्काउँदैनौं भनेर मुद्धा हाल्नुभो । मुद्धा हाल्दा तीन वर्ष त्यही अलमलियो । गत फागुनमा मुद्धामा स्टे अर्डर गर्नु नपर्ने देखियो भन्ने किसिमको आदेश भएपछि हामीले घर हटाउन अनुरोध गर्यौं, हटाउनेले हटाउनु भयो, जसले हटाउनु भएन उहाँहरुको घरहरु सारियो । अहिले पनि केही घरहरु बाँकी छन् । कन्ट्याक्टर (ठेक्केदार कम्पनी)लाई काम सुरु गर्ने वातावरण फागुनमै बनाईदिएको हो । फागुनमा काम सुरु गर्न खोज्दाखोज्दै कोरोना आयो, उहाँ आफैपनि बिरामी भएँ भन्नुभयो । तपाई बिरामी भएपनि तपाईको प्रतिनीधिले काम गर्नुपर्छ भनेर जिल्ला प्रशासन कार्यालयमा उहाँलाई बोलाएर लेखापढी गरियो, त्यसमा सिडियो सापले पनि सहयोग गर्नुभयो । अनि त्यसपछि उहाँले काम सुरु गर्छु भनेर लाग्नु भएको छ ।
राजमार्ग चौराहाबाट नालीको काम काम सुरु गर्नुभएको छ । हामी सन्तोषजनकै छौं । तर यो पिचको हकमा ५ वर्ष अगाडि भैरहेको पिचमा ओभरलेप (त्यसैमाथी थप्ने) डिजाईन स्टिमेट भएको थियो । अहिले धेरै बाटोहरु भत्किसकेको छ, ओभरलेप गरेर मात्रै सम्भावना देख्दिन म । त्यसको लागि स्केरीफाई गरेर हटाउनु पर्नेछ, राजमार्ग चौराहाको राउण्डएभर्वमा, मिलनचोकमा र हस्पिटल अगाडी, पुस्पलाल पार्कको छेउछाउमा र केही ट्राफिकचोकमा समस्या देखिएको छ । त्यो समस्यालाई पानी विदोभएपछि गछौ भन्नुभएको छ उहाँहरुले । त्यतिञ्जेल अस्थायी के गर्न सकिन्छ सल्लाह गरेर हामीले ग्राभल राखेको हो । दुई तीन पटक हामीले क्लियर गरिसकियो । त्यतिगर्दा पनि गाडीको फ्लोले ओभरलेप पनि हुन्छ र खाल्डाहरु फेरी परिहाल्छ, तैपनि हामी हारेस खाछैनौं । मौषम सुधार भयो भने खाल्डाखुल्डीहरुमा व्यबस्थित गरेर, भत्काउनै पर्ने ठाउँहरु भत्काएर त्यसमाथी अक्सपान गछौं । यो संघीय सरकार मातहतको सडक भएको र ठेक्का समेत लागिसकेकाले सम्बन्धित कन्ट्याक्टरबाट नै जति सकिन्छ चाँडो काम गराउने हो । निर्माणको क्रममा अलिकति दुःख चाहिँ हुन्छ, पूर्ववत रुपमा सञ्चालन गर्नको लागि कन्ट्याक्टको म्याद २०६९ असार मसान्तसम्म छ, त्यतिञ्जेल कन्ट्याक्टरले काम सकेमा पूर्ववत रुपमा सडक सञ्चालन गर्न सकिन्छ । त्यतिञ्जेल उहाँले जसरी पनि काम सम्पन्न गर्नुपर्छ ।(कुराकानीमा आधारित)