पार्टीले कारवाही गरेका १४ सांसद सहभागि भए एमालेले संसद चल्न नदिने बताएको छ । नेकपा एमालेको बुधबार बिहान बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले त्यसबारे जानकारी गराउनु भएको हो । बुधबार अपरान्ह ४ बजे प्रतिनीधि सभाको अधिवेशन आह्वान भएको छ ।
पार्टीले कारवाही गरेका सांसदहरुलाई कारवाही नगरि एमाले बिरोधी र गैरसंसदीय काम गरेको भन्दै अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई सभामुख मान्न नसकिने समेत बताउनु भयो ।
२७ बैशाखमा तत्कालिन प्रधानमन्त्री केपि ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित भएको आरोप लगाउँदै नयाँ दल बनाउने तयारी गरिरहेका माधवकुमार नेपाल सहित १४ जनालाई कारवाही गरेको पत्र एमालेले संसद सचिवालयमा पठाएको थियो । नयाँ दल दर्ता प्रभावित गर्नेगरी गरेको एमालेको कारवाहीलाई सभामुख सापकोटाले विचाराधिनमा राख्नुभएको थियो ।
यदि एमालेले गरेको कारवाहीलाई सदर गरेको भए उनीहरुको पद त जाने नै थियो संगसैगै केन्द्रीय सदस्य पदपनि जानेभएपछि नयाँ दल दर्ता प्रभावित हुने थियो ।