अवैध रुपमा भारत लैजाँदै गरेको मटर सहित रुपन्देहीबाट दुई जना पक्राउ

281

अवैध रुपमा भारत लैजाँदै  गरेको मटर सहित रुपन्देहीबाट दुई जना पक्राउ

भन्सार छलेर अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ३० क्विन्टल मटर र ढुवानीमा प्रयोग भएको गाडिसहित रुपन्देहीको कोटहीमाईबाट प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ । अन्दाजी १२ लाख ४० हजार रुपैंया बराबरको मटर अवैध रुपमा लैजाँदै गर्दा प्रहरीले मुख्य कारोवारी रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. १ का ३३ वर्षीय हरिशंकर यादव र गाडी चालक सोही गाउँपालिका वडा नं. ३ का २८ वर्षीय रामरतन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. ५ दुईमुहानबाट ३० क्विनटल मटर, मटर ढुवानीमा प्रयोग भएको लु १ ज ४५१८ नम्बरको पिकअप गाडी सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
बरामद गरिएको मटर तथा ढुवानीको साधन सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरीले जनाएको छ ।