राेटरीमा तीजमिलन सहित दर खाने कार्यक्रम

334

राेटरीमा तीजमिलन सहित दर खाने कार्यक्रम

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा तीजमिलन सहित दर खाने कार्यक्रम गरिएकाे छ । राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देही र उसका भगीनी संस्थाहरु राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा रुपन्देही, तिलाेत्तमा देवदह, राेट्रक्ट क्लव अफ तिलाेत्तमा सुद्धाेदन, ईन्ट्रयाक्ट क्लव अफ तिलाेत्तमा रामापुर रिभाइवल र आरसिसि नमुना बस्तीकाे संयुक्त आयाेजनामा तीज मिलन कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै राेटरीकी एसिस्टेन्ट गभर्नर देवी गुरुङले तीजकाे आफ्नै माैलिकता रहेकाे र माैलिक परम्परा अनुसार मनाउन आग्रह गर्नुभयाे । उहाले पछल्ला दिनमा तीज भड्कीलाे बन्दै गएकाे बताउदै माैलिक परम्परा अनुसार संस्कृतिकाे संरक्षणमा जाेड दिनुभयाे ।
त्यस अवसरमा तीजकाे माैलिकता र महत्वमाथी प्रकाश पार्दै शिक्षक मुक्तिप्रसाद भट्टराईले तीत्विक भाेजन र माैलिकतामा जाेड दिनुभयाे ।
क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लवका पुर्व अध्यक्ष बालकृष्ण चापागाई, नवीन श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रम क्लवका सचिव निराजन पाेखरेलकाे सञ्चालनमा भएकाे थियाे ।