काँग्रेसको क्षेत्रीय प्रतिनीधिमा निर्वाचित ट्रेड युनियन कर्मीलाई सम्मान

322

काँग्रेसको क्षेत्रीय प्रतिनीधिमा निर्वाचित ट्रेड युनियन कर्मीलाई सम्मान

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेस महासमिति सदस्य काजिमान श्रेष्ठले पार्टीको महाधिवेशन अन्तरगत वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनीधिमा निर्वाचित भएका ट्रेड युनियन कर्मीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
उहाँले शुक्रबार बिहान बुटवलमा कार्यक्रमको आयोजना गरि क्षेत्रीय प्रतिनीधिमा निर्वाचित भएका ट्रेड युनियन काँग्रेस रुपन्देहीका सदस्यहरुलाई शुभकामना दिनुभएको हो । त्यस अवसरमा उहाँले पार्टीको लाईन जताजता भएपनि ट्रेड युनियनका उम्मेदवारलाई जिताउने नैतिक दायित्व समेत आफूहरुको रहेको बताउनु भयो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सम्पन्न रुपन्देहीको वडा अधिवेशनबाट करिव ६० जना क्षेत्रीय प्रतिनीधिमा निर्वाचित भएको उहाँले जानकारी गराउनु भएको थियो ।