नेपाली काँग्रेस तिलोत्तमा न्यौपानेको नेतृत्वमा उम्मेदवारी घोषणा

660

नेपाली काँग्रेस तिलोत्तमा न्यौपानेको नेतृत्वमा उम्मेदवारी घोषणा


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नगर अधिवेशनका लागि तिलोत्तमामा नगर सभापतिमा नारायण न्यौपानेले उम्मेदवारी घोषणा गर्नृ भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी न्यौपानेको नेतृत्वमा उपसभापतिमा अशोक कुमार क्षेत्री (अग्नी) र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कंवर थारु र केशरी उपाध्यायले पनि उम्मेदवारी घोषणा गरेका हुन् । सभापतिका उम्मेदवार न्यौपाने तिलोत्तमा ९ का वडा अध्यक्ष समेत हुनुहुन्छ । उहाँले साविवका सात वटै गाविसबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी समावेशी हिसाबले प्यानल बनाएको बताउनु भयो ।
सिंगो तिलोत्तमालाई कांग्रेसमय बनाउने,गुटबन्दीको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाई आउंदो स्थानीय चुनावमा पार्टीलाई विजयी बनाउन गतिशील युवाको नेतृत्वको खांचो रहेकाले आफूले नगर सभापतिमा उम्मेदवारी दिएको बताउनु भयो ।
उहाँले आफू कुनै गुटको नभई नेपाली कांग्रेसको साझा उम्मेदवार रहेको बताउनु भयो । न्यौपानेले आफू एकपटक मात्र सभापति निर्वाचित हुने र नगरपालिकामा कांग्रेसको उपस्थिति बलियो बनाएर अर्को अधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने प्रतिवद्धता समेत गर्नु भएको छ ।

आफ्नो नेतृत्वमा तिलोत्तमा वडा नंंं ९ नगरकै उत्कृष्ट वडा घोषित भएको, आफ्नो विशेष पहलमा बीपी ग्राममा अस्पताल निर्माण शुरु गरेको बताउनु भयो । सो अवसरमा काँग्रेस रुपन्देहीका पुर्व जिल्ला सभापती रामचन्द्र ढकाल, वावुराम राना,अष्ठभुजा पाठक, हेमराज अर्याल लगायले सफलताको शुभकामना दिनु भएको थियो ।