पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष लम्साललाई मातृशाेक

427

पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष लम्साललाई मातृशाेक

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साललाई मातृ शोक परेको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार तथा पुर्व केन्द्रय उपसभापति समेत रहनुभएका पत्रकार महासंका पूर्व अध्यक्ष लम्सालकी माता टुल्की कुमारी लम्सालको शनिबार ८२ बर्षको उमेरमा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा न. १ निवासी लम्सालकी माताको स्वास्थ्यमा समस्या आएपछि पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको थियो । उपचारकै क्रममा उहांका अस्पतालमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लम्साललाई लाई परेको मातृ शोक प्रति विभिन्न संस्थाले शोक ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले शोक विज्ञप्ति जारी गरी लम्सालकी माताको निधनले स्तब्ध बनाएको उल्लेख गरेको छ । महासंघका सचिव बिनोद परियारद्वारा जारी विज्ञप्तिमा यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
यस्तै नेपाल प्रेस युनियन रुपन्देहीले युनियनका सल्लाहाकार हरि लम्सालकी माताको निधन प्रति दुख ब्यक्त गरेको छ । युनियनका सभापति रेखा भुसालले जारी गरेको विज्ञप्तिमा शोकको यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं भनिएको छ ।