नेपाल घरेलु तथा सना उधोग महासघ रुपन्देहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासघले सोमबार मणिग्राममा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले देश विकासका लागि उधोग क्षेत्रको विकास अनिवार्य रहेको बताएका थिए । उनीहरुले देशको सम्बृद्विका लागि सबै तहका सरकारले उधोगको विकासका लागि नीति र बजेट निर्माणमा जोड दिएका थिए ।
महासघ रुपन्देहीका अध्यक्ष धुवकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा महासघका सल्लाहकारहरु तेजकुमार पाठक, नवराज श्रेष्ठ, वसन्त रोक्का, वोनिन पिया, शिवचन्द्र गुप्ता, जीवनारायण अधिकारी, बिक्रम खड्का लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा महासघका उपाध्यक्ष टंक अधिकारी, महिला अध्यक्ष विष्णु थापा, देवान्द पाण्डेय लगायले महासघको गतिविधिका विषयमा भनाई राख्नुभएको थियो । कार्यक्रममा महासघका रुपन्देहीका सात पालिकाका अध्यक्षहरु, सल्लाहकार, कार्यसमितिका पदाधिकारी सदस्यहरुको सहभागिता थियो ।