रुपन्देहीको मोतिपूर औद्योगिक कोरिडोर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा

1.3K

रुपन्देहीको मोतिपूर औद्योगिक कोरिडोर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा

रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोर क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालिन निषधाज्ञा लगाएको छ । औद्योगिक कोरिडोरको जग्गामा अतिक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनिश्चितकालिन निषधाज्ञा लगाएको हो ।
बिशेष गरेर रातको समयमा कोरिडोरको जग्गा अतिक्रमण गर्ने तथा बस्ती बसाउने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबारदेखि लागुहुने गरी अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रशासनले कोरिडोर आसपासका क्षेत्रलाई समेत समेटेर कोरिडोर पूर्व तिनाउ नदि बुटवल उपमहानगरपालिका वडा नं. १७ शिवनगर देखि वडा नं. १८ सौरहीया पुलसम्म, पश्चिममा बुटवल उपमहानगरपालिका वडा नं. १७ हरिहरपुर, उत्तरमा बुटवल १७ रानीगाउँ र दक्षिणमा बुटवलको वडा नं. १८ धन्दापुर सौरहीया सम्म निषेधित क्षेत्र तोकेको हो ।
उक्त क्षेत्रमा निषेध गरिएका कृयाकलाप गरे कानुन अनुसार कारवाही हुने प्रशासनले जनाएको छ । आफूहरुले भोग चलन गर्दै आएको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै बिरोध हुँदै आएको छ भने गत फागुन २१ गते औद्योगिक क्षेत्र शिलान्यासको क्रममा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलमाथि ढंगामुडा प्रहार भएको थियो । त्यही कारण हतारमा शिलान्यास गरेर पौडेल भाग्नु परेको थियो ।