लुम्बिनी प्रदेशसभामा एमालेबाट आज पनि अवरोध, प्रदेशसभामा नाराबाजी

276

लुम्बिनी प्रदेशसभामा एमालेबाट आज पनि अवरोध, प्रदेशसभामा नाराबाजी


लुम्बिनी प्रदेश सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथै एमालेका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरिरहेका छन् । सभामुखले संसद शुरु गरे लगत्तै आफ्नो स्थानबाट उठेर बोल्दै पूर्व कृषि मन्त्री एवम् एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताउनु भयो । पौडेलले बोले लगत्तै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर रोष्ट्रम घेर्न पुगेका थिए ।

उनीहरूले सर्वसत्ताबाद मुर्दाबाद,अनुशासनहित सदस्यलाइ कारबाही गर,संसदको गरीमा उच्च राखौँ,लोकतन्त्र जिन्दाबाद,संसदको अमर्यादीत ब्यबहार बन्द गर,हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाइरहेका छन् । सुर्य चिन्ह लिएर चुनाव जितेका २ सांसद अजय शाही र बिमलाकुमारी ओलीलाई पदमुक्त गरी कारवाही गरिएको सुचना सुनाउनुपर्ने माग गर्दै एमालेले संसद अवरोध गरिरहेको हो । नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।