रूपन्देहीमा असोज ७ गतेसम्म निशेधाज्ञा लम्बियो

1.3K

रूपन्देहीमा असोज ७ गतेसम्म निशेधाज्ञा लम्बियो


रूपन्देही प्रशासनले असोज ७ गतेसम्म निशेधाज्ञा लम्ब्याएको छ । बैशाख १५देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्म कायम गरिएको थियो बिहिबार प्रशासनले एक सुचना जारी गर्दै असोज ७ गतेमध्यरात १२ बजेसम्म निशेधाज्ञा लम्ब्याइएको जनाएको छ । तीज पर्वमा नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाएको रूपन्देही प्रशासनले बुटवलमा बुधबार नेकपा एमालेलाइ बिशाल कार्यकर्ता भेला भने गर्न दिएको थियो । रुपन्देहीमा निषेधाज्ञा जारी रहे पनि प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सबै गतिबिधी गर्न भने दिएको छ ।