एशियन कंक्रिटको उत्पादनलाई नेपाल गुणस्तर चिन्ह

191

एशियन कंक्रिटको उत्पादनलाई नेपाल गुणस्तर चिन्ह

नवलपरासिमा रहेको एशियन कंक्रिटले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । कंक्रिटजन्य उत्पादन गर्दै आएको कपम्पनीले उत्पादन गरेका ३० मध्ये कर्बस्टोन र ईन्टरलक ब्लकले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको कम्पनीका अध्यक्ष मनिष रुङ्गाटाले जानकारी दिनुभयो ।
त्यस विषयमा बिहिबार साँझ भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा कम्पनीका उपाध्यक्ष श्यामल झाले कर्बस्टोन र ईन्टरलक ब्लक सरकारको पूर्वाधार बिकासमा करिव ९० प्रतिशत खपत भएको बताउनु भयो । यदि सरकारले गुणस्तर चिन्ह प्राप्त उत्पादनलाई प्रयोग गरेमा वार्षिक मर्मतमा खर्च हुने अर्बौं रुपैया जोगिने उहाँको भनाई छ ।
युरोपियन तथा भारतीय मापदण्ड अनुसार करिव १ अर्वको लगानीमा निर्माणजन्य सामाग्रि उत्पादन गर्दै आएको एशियन कंक्रिटले गत बैशाखमा नेपाल गुणस्तर तथा नामतौल विभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह प्राप्त गरेको हो ।
यस अगाडि सम्म नेपालमा गुणस्तरीय उत्पादन नभएकोका कारण जस्तो उत्पादन भईरहेको छ, त्यहि नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उपाध्यक्ष झाले सरकारले बनाएको मापदण्ड अनुसार गुणस्तरीय उत्पादन आएकोले अव सरकारले गुणस्तरीय उत्पादनको मात्रै प्रयोग गर्ने योजना बनाउनु पर्ने बताउनु भयो ।
उक्त कम्पनीको एनएस चिन्ह प्राप्त कर्बस्टोलन सडकको छेउ किनारा तथा डिभाईडरमा प्रायोग गरिन्छ भने ईन्टरलक ब्लक फूटपाथ तथा शहरका भित्री सडकमा प्रयोग गर्न सकिने प्रवन्धक राजेश अग्रवाल बनाउनु हुन्छ ।