माधवकुमार नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणी चौधरीलाई चयन गरिएको छ । शुक्रबार भएको पार्टीको प्रदेश कमिटिको भेलाले चौधरीलाई प्रदेश अध्यक्षमा चयन गरेको हो ।
त्यस्तैगरी पार्टीको प्रदेश सचिवमा राजु गुरुङलाई चयन गरिएको छ । युवा नेता गुरुङ् उक्त पार्टीको रुपन्देही जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । प्रदेश कमिटि ईञ्चार्जमा भने यस अगाडि नै भागवत विश्वासीलाई जिम्मेवारी दिईसकिएको थियो ।