दशैंमा काठमाण्डौं उपत्यका बाहिर जानेहरुको लागि असोजको १० देखि अग्रिम टिकट बुकिङ् गर्न यातायात व्यबस्था विभागले प्रस्ताव गरेको छ । विभागको उक्त प्रस्तावमा सार्वजनिक यातायात केन्द्रीय महासंघ सहमत भएपनि नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ भने सहमत भएको छैन ।
यातायात व्यबस्था विभागले शुक्रबार आयोजित छलफलमा उपत्यका बाहिर जानेहरुलाई असोजको १० गतेदेखि अग्रिम टिकट बुकिङ् खुल्ला गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा आफूहरु सहमत भएको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले बताउनु भयो । उहाँका अनुसार महासंघमा करिव एक सय कम्पनी आवद्ध छन्, र ती कम्पनीका एक तिहाई गाडी उपत्यका बाहिर लामो रुटमा चल्छन् ।
विभागको यो प्रस्तावमा नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ सहमत नभएका कारण विभागले फेरी असोजको ६÷७ गते तिर छलफल गरेर यसलाई निश्कर्षमा पु¥याउने तयारी गरेको छ ।